१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अत्यधिक विद्युत् कटौती भएपछि कावासोती वितरण केन्द्र घेराउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला नवलपुरको कावासोतीमा साँझ तथा रातको समयमा दैनिकजसो विद्युत् सेवा अवरुद्ध हुन थालेपछि स्थानीयले नेपाल विद्युत् प्राधिकरणको कावासोती वितरण केन्द्र घेराउ गरेका छन्।

विद्युत् कार्यालय घेर्न पुगेकाहरूले विनाकारण विद्युत् कतौटी गरेको भन्दै आक्रोश पोखेका छन्। सूचना दिएर मात्र विद्युत् कतौटी गर्न स्थानीयहरूको माग छ।

मंगलबार साँझदेखि राति ११ बजेसम्म १८ पटकसम्म लाइन काटिएको स्थानीय उपभोक्ता बोमलाल गिरीले गुनासो गरे। बुधबार साँझदेखि राति १० बजेसम्म १२ पटक बिजुली काटिएको उनको भनाइ छ।

लाइन आउन नपाई काटिने समस्याले आफूहरू दिक्क भएकोले कार्यालय घेराउ गर्नुपरेको स्थानीयले बताएका छन्। उनीहरूले बुधबार राति १० देखि ११ बजेसम्म कार्यालयमा नारा जुलुससहित घेराउ गरेका थिए भने बिहीबार रास्वपाको नेतृत्वमा गएको टोलीले विद्युत् प्राधिकरणमा नाराबाजीसहित ज्ञापनपत्रसमेत बुझाएका छन्।

प्राधिकरणले भने बिहीवार बेलुकादेखि त्यस्ता समस्यामा कमी आउने आश्वासन दिएको छ। कावासोती वितरण केन्द्रका प्रमुख सूर्य मण्डलले बिहीबार साँझदेखि समस्यामा कमी आउने बताए।

लाइनमा समस्या आएकाले पत्ता लगाउने क्रममा बिजुली आउने-जाने समस्या भइरहेको उनको भनाइ छ। ३५ मेगावाटसम्म लोड भएको र कावासोतीमा यो अहिलेसम्कै बढी रहेको मण्डलले बताए।