१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २९ बिहीबार १५:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से नौ अंकले घट्यो, कारोबार रकम साढे १२ अर्ब बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १५:३८:oo

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.०८ अंकले घटेर दुई हजार ६ सय ५७.३२ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.४३ प्रतिशतले घटेको छ।

आज ३११ कम्पनीका २ करोड ८६ लाख ७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन १३ अंकले घटेको बजारमा साढे नौ अर्ब बढीको कारोबार भएको थियो।

यस दिन होटेल तथा पर्यटन दुई प्रतिशतभन्दा धेरैले बढ्दा वित्त, जलविद्युत् र म्युचल फन्ड एक प्रतिशतभन्दा थोरैले बढेका छन्। बाँकी सबै समूहको सूचक घटेका छन्। घटेकामध्ये व्यापार र विकास बैंक समूहमा एक प्रतिशतभन्दा धेरै गिरावट हुँदा बाँकी एक प्रतिशतभन्दा कमले घटेका हुन्।

घटेको बजारमा आज पिओर इनर्जीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। चन्द्रगिरी हिल्स र तेह्रथुम पावर कम्पनीको मूल्य ६ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।

यता, गुराँस लघुवित्तको सेयर मूल्य ९.९० प्रतिशत, रिभर फल्स पावरको मूल्य ६.९७ प्रतिशत तथा नेपाल माइक्रो इन्स्योरेन्स र कर्पोरेट विकास बैंकको मूल्य पाँच प्रतिशतभन्दा धेरैले गिरावट भएको छ।