
उदयपुरको कटारी नगरपालिका–११ स्थित सल्लेरीको ठाँटीको जंगलमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर सुमन बानियाँका अनुसार सिद्धिचरण लोकमार्गको छेउमै हिजो बुधबार पहिचान नखुलेको महिलाको शव फेला परेको हो।
उनका अनुसार अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने महिलाको गलेको शव छ भन्ने खबर स्थानीयबाट पाउनसाथ प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान सुरु गरेको छ। शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कटारी ल्याइएको र सनाखत नभएकाले पोस्टमार्टम पनि बाँकी रहेको प्रहरीको भनाइ छ।
पिंक कलरको टिसर्ट, कालो कलर मेडी, फित्तावाला आकासे कलरको चप्पल भएको महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।