१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
२o८२ जेठ २९ बिहीबार १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट अभावमा विद्यालय भवन अधुरो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १२:२९:oo

बाँकेको राप्ती सोनारी गाउँपालिका– ९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ ।

लुम्बिनी प्रदेश सरकारको २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकोमा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले जानकारी दिए ।

‘कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन’, अध्यक्ष रेग्मीले भने, ‘भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन् ।’ कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन् ।

तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरू क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सोहनलाल थारूले बताए । दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनको भनाइ छ ।