१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
गगन अयडी बाजुरा
२o८२ जेठ २५ आइतबार १९:२o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार

बाम्का बजार आगलागीबाट १९ करोडभन्दा बढी क्षति

अग्नीपीडित भन्छन्– घर न घाटका भयौं 

Read Time : > 2 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १९:२o:oo

बुढीगंगा नगरपालिका–६ को बाम्का बजारमा शुक्रबार दिउँसो ३ बजेर ४५ मिनेटमा लागेको भीषण आगलागीबाट २० वटा पसल पूर्ण रूपमा जलेका थिए भने आंशिक रूपमा १४ पसल जलेका छन्।  

आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको विवरण सार्वजनिक भएको छ। बाम्का बजार आगलागी राहत संकलन तथा व्यवस्थापन समितिका संयोजक तथा बुढीगंगा नगरपालिका नगरप्रमुख रामबहादुर बानियाँका अनुसार १९ करोड ६ लाख ४० हजार ९९९ रुपैयाँबराबरको क्षति विवरण हालसम्म सार्वजनिक भएको छ। 

अग्निपीडित, त्रिवेणी, बुढीगंगा नगरपालिका, जिल्ला रेडक्रस सोसाइटी, बाम्का बजार व्यवस्थापन समिति र प्रहरीको सहकार्यमा क्षति विवरण संकलन गरेको राहत संकलन समितिका सयोजक बानियाँले बताए।  आगलागीबाट ३४ वटा पसल, होटेल र एकवटा मेडिकलमा क्षति पुगेको छ। जसमा १८ वटा पसल, एउटा होटेल, एउटा मेडिकल जलेर पूर्ण रूपमा क्षति भएका छन्। क्षतिको विवरण त्रिवेणी र बुढीगंगा नगरपालिका कार्यपालिकाले अनुमोदन गरी सकेका छन्।

नवदुर्गा होटेलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको थियो। बाम्का बजार बाजुराको प्रमुख व्यापारी केन्द्रसमेत हो।  त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार यहाँ १५० भन्दा बढी पसल छन्। सबै पसलहरू टिनको टहरामा छन्।

नवदुर्गा होटेल सडकको तल्लोतर्फ थियो। यसकारण तल्लो भेगतिरका सबै पसल जलेर सखाप बनेका छन्। व्यापारी तुलबहादुर कटुवाल करोडौँको सम्पत्ति जलेर खरानी बनेपछि अहिले सडकमा पुगे। उनले भने, ‘उधारो दिएको विवरण भएको कापी बचेको भए पनि धेरै राहत हुन्थ्यो। तर, सबै नष्ट भयो। साहुको तिर्नु सबै रह्यो, तर आफूले उठाउनुपर्ने रकम सबै जलेर खरानी भयो।’ लाखाैँ उधारो उठाउनु भए पनि सबै प्रमाण नष्ट भएको उनले बताए। 

आगलागी भएको तीन दिन बितिसक्दा पनि कतैबाट सहयोग नपाएको पीडितहरूको दुःखेसो छ। ‘पर्यटनमन्त्री बद्री पाण्डे आए, तर खाली । रितो हात आए र गए।’ आरबी जनरल स्टोरका सञ्चालक रामबहादुर अयडीले भने, 'शरीरमा लगाएको एकसरो लुगाबाहेक केही छैन।’

सुदूरपश्चिम प्रदेश सरकारले आगलागीपीडितलाई ४० लाख दिने निर्णय गरेका छन् । नयाँ टहरा बनाउन पैसा नभएको र साथ दिने अर्को मान्छे समेत नभएको नवदुर्गा होटेल व्यावसायी तोयानाथ जैशीले बताए। उनले भने, ‘सरकारबाट व्यावसाय सञ्चालनका लागि राहत उपलब्ध भए सहज हुने थियो।’

त्रिवेणी नगरपालिका नगर प्रमुख कर्णबहादुर थापाका अनुसार आगलागीबाट करोडौँको क्षति भएको छ। राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गरिएको छ । तिनै तहको सरकार तथा अन्य निकायलाई सहयोग गर्न आग्रह समेत गरेको उनले बताए । त्रिवेणी र बुढीगंगा नगरपालिको संयुक्त रुपमा आगलागी पीडितका लागि राहत कोषकोे स्थापना गरी त्रिवेणी नगर प्रमुख र बुढीगंगा नगर प्रमुखको संयुक्त राहात संकलन तथा व्यवस्थापन समिति गठन गरी खाता खोली सकेको त्रिवेणी नगरपालिका प्रमुख थापाले बताए ।

अग्निपिडितका लागि बुढीनन्दा नगरपालिकाबाट एक लाख, स्वामीकार्तिक गाउँपालिकाले एक लाख, त्रिवेणी नगरपालिकाले १० लाख र बुढीगंगा नगरपालिकाले पाँच लाख सहयोगको घोषणा गरेका छन् ।

यस्तो आगलागीबाट क्षति विवरण
१) नेहा एन्ड निसान फेन्सी स्टोर रामचन्द्र गिरी – ९,०००००
२) कैलाश हेयर कटिङ कस्मेटिक नन्द मिजार–  १२,०००००
३) एस आर कस्मेटिक एन्ड किराना पसल सुशील थापा– ५२,४३०००
४) एन्जलस पुस्तक पसल तेजबहादुर बोहरा– ५७,४५०००
५) नाटेश्वरी जनरल स्टोर चन्द्र ऐडी–  ८७,२६२५०
६) अनिल फैन्सी स्टोर धर्म साउद– १,९५,२४५००
७) राज मोबाइल ग्यालरी मनिराम पाध्या– १५,६९०००
८) आशिष सुनचाँदी पसल अर्जुन सुनार– ९६,०००
९) आरके ब्रर्दस जनरल स्टोर दीपक साउद– ७३,२८५००
१०) एचडिकै इलेक्टेनिक अल पसल प्रतिमा बोहरा– ४२,७८९५६
११) एसबी बुढा होटेल पवन बुढा– २३,७६०००
१२) रोयल सुनचाँदी पसल मनीष खनाल– १३,६७००
१३) रेनुका जुत्ता चप्पल सिलाई सेन्टर सरोज सार्की– ६,०००००
१४) कोपिला फेन्सी स्टोर महारुद्र न्यौपाने– १६,४५०००
१५) भुपाल थापा किराना पासल– ४५००००
१६) नवदुर्गा बसिबियाँलो फर्निचर तथा होटेल– २२१६६५००
१७) मष्टामाडाैँ सुनचाँदी पसल सुनिल बराल– ७१४३४८९
१८) आर.बी. जनरल स्टोर–१३५२७९५०
१९) एभरेस्ट फेन्सी स्टोर शान्ति साउद– ३८१५००
२०) मातृका फेन्सी स्टोर प्रतिभा कटुवाल– ३७२५०००
२१) एलिना फेन्सी स्टोर गोकर्णबहादुर शाही– ११५०००
२२) पुस्कर शाह– १५६०००
२३) बडिमालिका भोजनालय रंग खड्का– ४८२०००
२४) न्यौपाने किराना मदिरा तथा तरकारी फलफूल सप्लायर्स डम्मर भट्टराई–३,०७,७३,३६७
२५) एन्जिाला कस्मेटिक पसल एन्ड जनरल स्टोर छत्रबहादुर थापा– १९६५६००
२६) शंकरमान देव सुनचाँदी पसल गोपाल सुनार–२४५०००
२७) विनोद जनरल स्टोर भगत गिरी–४८३०००
२८) प्रतीक्षा कस्मेटिक एन्ड जनरल स्टोर टीका गिरी –४५०००
२९) बडिमालिका जनरल स्टोर उद्धव थापा अशोक थापा– २१६७४७२५
३०) अनिल फेन्सी स्टोर र माया जनरल स्टोर धनबहादुर साउद कोपिला साउद –१९५२४५००
३१) बडालेख हार्डवेयर एन्ड आणा पसल मनबहादुर नाथ– ४६५४९५०
३२) मष्टा फेन्सी स्टोर शेरबहादुर विष्ट– ५६९५०००
३३) मष्टा फेन्सी स्टोर शेरबहादुर विष्ट– ५६९५०००