१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
रासस न्यूयोर्क
Invalid date format १४:२४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी एरोस्पेस उद्योग राष्ट्रपतिको करनीतिका कारण चिन्तित

Read Time : > 1 मिनेट
रासस, न्यूयोर्क
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

अमेरिकी वायुसेवा र एरोस्पेस निर्माताहरूले कर संरक्षण उनीहरूका लागि लाभकारी कार्य नभएको बताएका छन्। ट्रम्प प्रशासनको प्रस्तावित करले यस क्षेत्रले ७० वर्षभन्दा बढी समयदेखि उपभोग गर्दै आएको स्वस्थ व्यापार अधिशेषलाई समाप्त गर्न सक्ने चेतावनी उनीहरूले दिएका छन्। 

राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधमा वाणिज्यमन्त्री हावर्ड लुटनिकको विभागले मे १ मा नागरिक विमान र इन्जिनलगायतका पार्टपुर्जामा १० देखि २० प्रतिशतसम्म कर लगाउने वा नलगाउने भन्ने विषयमा अनुसन्धान गरेको थियो।

एरोस्पेस इन्डस्ट्रिज एसाेसिएसन (एआइए)ले लुटनिकलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, ‘नागरिक उड्डयन प्रविधिको आयातमा व्यापक कर वा शून्य–कर व्यापार अवरोध लागू गर्दा दशकौँको औद्योगिक प्रगति उल्ट्याउने र घरेलु आपूर्ति शृंखलालाई हानि पुर्‍याउने खतरा हुन्छ।’

इच्छुक पक्षलाई आ–आफ्नो अडानबारे जानकारी गराउन जुन ३ तारिखसम्म समय दिइएको थियो। त्यसको अर्को दिन लुटनिकले वासिङ्टनले यस महिनाको अन्त्यसम्ममा ‘विमानको पार्टपुर्जामा करको मापदण्ड निर्धारण गर्ने’ लक्ष्य राखेको घोषणा गरे। उनले भने, ‘मुख्य कुरा त्यो उद्योगको संरक्षण गर्नु हो। हामी यी करहरू अमेरिकी उद्योगको सुधारका लागि प्रयोग गर्नेछौँ।’

यद्यपि, एआइए र एयरलाइन्स फर अमेरिका (एफोरए) ट्रेड एसाेसिएसनले भने करवृद्धिले अमेरिकी उत्पादकलाई नोक्सान पुर्‍याउने डर व्यक्त गरेका छन्।

‘अन्य उद्योगहरूको विपरीत, नागरिक उड्डयन उत्पादन उद्योगले उच्च मूल्यका उपकरणहरूको घरेलु उत्पादन र अन्तिम निर्माणलाई प्राथमिकता दिन्छ,’ एआइएले भनेको छ।

संगठनका अनुसार सन् २०२३ मा अमेरिकी एरोस्पेस र प्रतिरक्षा निर्यात १३५.९ अर्ब डलर पुगेको थियो जसमा नागरिक उड्डयनका क्षेत्रमा मात्र ११३.९ अर्ब डलर आम्दानी भएको थियो। यसले यस क्षेत्रलाई ७४.५ अर्ब डलरको व्यापार अधिशेष उत्पन्न गर्न र अनुसन्धान र विकासमा ३४.५ अर्ब डलर लगानी गर्न अनुमति दिएको थियो।

संयुक्त राज्य अमेरिकामा यस क्षेत्रले एक लाखभन्दा बढी कम्पनीहरूमार्फत २२ लाखभन्दा बढी मानिसलाई रोजगार दिन्छ, जसले २०२३ मा लगभग ५४५ अर्बको सामान उत्पादन गरेको थियो। लुटनिकलाई दिएको प्रतिक्रियामा एफोरएले करिब आधा शताब्दीभन्दा बढी समयदेखि शुल्क र व्यापार अवरोध हटाउन सहयोग गरेर अन्तर्राष्ट्रिय उड्ययन व्यापार सम्झौता (एटिसिए) कत्तिको फाइदाजनक छ भन्ने कुरा प्रकाश पारेको छ।