१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २५ आइतबार १४:o३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा वृक्षरोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १४:o३:oo

‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने हेतुले सिटिजन्स बैंकले कोशी प्रदेशको विराटनगरमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार विश्व वातावरण दिवस २०२५ को अवसरमा बैंकले नम्बर ८ स्थित विश्वकर्मा चोकमा करिब सयभन्दा बढी प्रजातिका बिरुवा रोपेको हो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठमन्दिरहरूमा सहयोगहरू गरिसकेका छ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ।