१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
समाचार

पौडी खेल्ने क्रममा सुनकोशीले बगाउँदा काभ्रेपलाञ्चोकमा युवकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

पौडी खेल्ने क्रममा सुनकोशीले बगाउँदा काभ्रेपलाञ्चोकको तेमालमा एक युवकको मृत्यु भएको छ। आइतबार बिहान २४ वर्षीय साजन वाइबाको मृत्यु भएको हो । 

तेमाल गाउँपालिका– ३, चुखाबेँसीस्थित बृहत् खानेपानी आयोजनाको ट्यांकी निर्माणमा उनी खटिँदै आएका छन्। आइतबार बिहान साढे नौ बजे सुनकोशीमा पौडी खेल्न गएकोमा उनलाई बगाएको थियो। करिब ५० मिटर तल उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका डिएसपी मीनबहादुर घलेले बताए।