
भारतबाट फर्किएका थप पाँचजनामा शनिबार कोरोना भाइरसको संक्रमण देखिएको छ । चार दिनमा संक्रमितको संख्या १३ पुगेको छ ।
शनिबार एन्टिजेन परीक्षण गर्दा धनगढीको त्रिनगर भन्सार नाका भएर आएका तीनजना र बैतडीको झुलाघाट नाकाबाट आएका एक गरी चारजनामा संक्रमण देखिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका महामारी नियन्त्रण स्रोतव्यक्ति हेमराज जोशीले बताए ।
शनिबार त्रिनगर, गड्डाचौकी, झुलाघाट, खक्रौला पुलघाट र जोलजीवी सीमानाका भएर एक हजार ११६ जना स्वदेश फर्किएका थिए । तर, त्रिनगरमा १८ र झुलाघाटमा एक गरी २८ जनाको मात्र परीक्षण गरिएको थियो ।
यसअघि त्रिनगर भन्सार नाकामा बुधबार तीन, बिहीबार एक र शुक्रबार पाँचजनामा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएकालाई होम आइसोलेसनमा पठाउने गरिएको छ । सीमानाकामा कोरोना परीक्षणका लागि किट अभाव हुँदा कडा खालको लक्षण देखिएकामा मात्र परीक्षण भइरहेको जोशीले बताए ।