१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २४ शनिबार १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरका पत्ररकारलाई ‘पत्रकार आचारसंहिता तथा क्षमता अभिवृद्धि’ तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १७:o९:oo

उदयपुरका पत्रकारलाई ‘पत्रकार आचारसंहिता तथा क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने तालिम दिइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोग र नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना तालिम दिइएको हो।

आज (शनिबार) र भोलि (आइतबार) चल्ने तालिममा आज पत्रकार आचारसंहितासम्बन्धी वरिष्ठ पत्रकार तथा प्रशिक्षक कौशल चेमजोङले पत्रकार आचारसंहितासम्बन्धी प्रशिक्षण दिएका थिए। 

यसैगरी, अर्का प्रशिक्षक डाक्टर विजयप्रसाद मिश्रले खोजपत्रकारिता, अन्तर्वार्ता लिने विधि तथा सिप र आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) बारेमा पत्रकारहरूलाई आधारभूत रूपमा प्रशिक्षण दिएका थिए।

उक्त पत्रकार आचारसंहिता तथा क्षमता अभिवृद्धिसम्बन्धी अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिताको धर्म र मर्मअनुसार पत्रकारिता गर्नुपर्ने सुझाव दिएका थिए। उनले भने, ‘नेपाल पत्रकार महासंघ शाखा उदयपुरले स्थापना गर्न लागेको एक करोडको अक्षय कोषलाई त्रियुगा नगरपालिकाको तर्फबाट सहयोग हुनेछ।’

यसैगरी, उद्घाटन कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले प्रदेशका १४ वटै जिल्लामा सहयोग गरेर पत्रकार आचारसंहिता र क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण चलिरहेको जानकारी दिए। उनले भने, ‘यस कार्यक्रमले उदयपुरका पत्रकारसामु देखिएका चुनौतीलाई चिर्न आचारसंहिता र लेखन क्षमता वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छु।’  

नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलले आज उद्घाटन र प्रशिक्षण सकिएको र भोलि (आइतबार) पत्रकारहरूबिच अन्तरसंवाद कार्यक्रम हुने जानकारी दिए । उनले भने, ‘भोलि क्रियाशील पत्रकारबिच अन्तरसंवाद कार्यक्रम सकिएपछि दुईदिने कार्यक्रम सम्पन्न हुनेछ।’ कार्यक्रममा उदयपुरका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।