१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २४ शनिबार १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुलाक सेवासँगै व्यापार गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १४:४५:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताएका छन्। 

हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनर्संरचना विषयक अन्तर्क्रियामा उनले राणा शासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिए।     

मन्त्री गुरुङले भने, ‘बदलिँदो परिवेशअनुसार संस्था चल्नुपर्छ, हुलाकलाई जनताको सेवामा प्रयोग गर्नुपर्छ, सेवासँगै व्यापार गर्न जरुरी छ।’

उनले हुलाक सेवालाई व्यवस्थित गर्न वार्षिक क्यालेन्डरअनुसार काम गर्न सुझावसमेत दिए। उनले हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सरकारले सहयोग गर्नेसमेत उल्लेख गरे।

मन्त्री गुरुङले हुलाकलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै  द्रुतगति कुरियर सेवा विश्वका १९३ वटै देशमा पुर्‍याउन आवश्यक रहेको बताए। मन्त्री गुरुङले इकमर्सका माध्यमबाट जनतासेवा दिनमा ध्यान केन्द्रित राख्नुपर्ने सुझाव दिँदै हुलाकले व्यवसायका विस्तार गरी आत्मनिर्भर हुनुपर्ने टिप्पणी गरे।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई विविधीकरण गरी व्यवसायीकरण गर्नु जरुरी रहेको धारणा राखे। उनले हुलाक सेवाको पुनर्संरचना आवश्यक भएको बताए। 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हुलाक सेवालाई नयाँ उचाइमा पुर्‍याउनु आवश्यक भएको बताउँदै यसलाई व्यवसायीकरण गरी आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याए। 

विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईलगायतले हुलाक सेवालाई भरपर्दो, विश्वसनीय र व्यापारमा विविधीकरण गर्न पुनर्संरचना जरुरी रहेको सुझाव दिए।

 कार्यक्रममा प्रदेशका विभिन्न हुलाक कार्यालय, विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागिता थियो।