१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छानबिनको कुरामा सरकारको प्रतिबद्धता आए सदन खुल्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४५:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा सरकारले भरपर्दो छानबिनको प्रतिबद्धता जनाए सदन चलाउने कुरामा सकारात्मक रहेको बताएका छन्।

विपक्षी दलका नेताहरूको बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रचण्डले सदन खुलाउने कुरामा हरेक दिन थोरै भए पनि प्रगति भइरहेको बताए।

‘आज पहिला हामी प्रतिपक्षहरू बस्यौँ। छानबिन मुख्य कुरा हो, भरपर्दो छानबिनको कुरामा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने कुरा प्रतिपक्षको भयो,’ उनले भने।

सत्तापक्ष छानबिन प्रक्रिया बढाउनेमा सहमत देखिए पनि संसदीय समिति वा न्यायिक समिति गठनमा भने सहमत नभएको प्रचण्डले जानकारी दिए।

‘छानबिन प्रक्रिया अघि बढाउनेमा (सत्तापक्ष) सहमत नै देखिएको छ। तर, अहिले संसदीय छानबिन समिति बनाएर जाने या पूर्वन्यायाधीश कसैकोमा न्यायिक समिति बनाएर छानबिन गर्ने या अर्को के गर्ने भन्ने विषयमा सहमति भएको छैन,’ उनले भने।

यस विषयमा प्रतिपक्षले कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘मलाई लाग्छ एक–दुई दिनभित्र यो विषयको सकारात्मक ल्यान्डिङ हुन्छ।’