१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको दुम्कीबासमा पर्ने विनयी खोलामा नयाँ पुल निर्माणको काम सकिएको छ।

चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाका अनुसार दुम्कीबासको विनयी खोलाको अन्तिम स्पानमा आज ढलानको काम सकिएसँगै पुल निर्माणको काम सकिएको हो।

पुल निर्माण सम्पन्न भएसँगै अबको २८ दिनमा पुलबाट सवारीसाधन सञ्चालनमा ल्याइने झाले बताए। बुटवल–नारायणगढ सडक आयोजनाले विनयी खोलामा पुल निर्माण सम्पन्न भएसँगै वर्षाअगाडि नै पुल सञ्चालनमा आउने जनाएको छ।

गत २६ पुसमा भारतीय हेभी ट्रक पास हुने क्रममा दुम्कीबासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ। तर, विनयी खोलामा आजै एक्कासि आएको बाढीले साे डाइभर्सन पनि बगाउँदा दिउँसो साढे ४ बजेदेखि सडक अवरुद्ध भएको छ।