१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४५ लाखभन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२१:oo

नागढुंगाबाट प्रहरीले ४५ लाखभन्दा बढीको अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामन्त छन्। उनलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो।

उनी काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र. ०३–००१ ख ३१३९ नम्बरको बसमा काठमाडौं आउँदै थिए । सोही क्रममा उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ। पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ।