
विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बसेको हो । जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यसभन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।