१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २३ शुक्रबार १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँगाउँमा सडक कालोपत्रे भएपछि स्थानीय खुसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १२:४२:oo

दाङको तुलसीपुर उपमहानगरपालिका– १२ को लामीडाँडामा कुनै वेला वर्षामा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्रे भएपछि आवतजावतमा निकै सहज भएको छ ।

‘पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो,’ स्थानीय नन्दकुमार पुनले भने, ‘अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ ।’

कालोपत्रे नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो । अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताइन् । ‘सुकाएका कपडामा पनि धुलैधुलो हुन्थ्यो, घरै फोहाेर हुन्थ्यो, अब त सजिलो भयो,’ उनले भनिन् । सोही ठाउँको आठ सय मिटर सडक कालोपत्र भएको हो ।

त्यसैगरी, तुलसीपुर– १२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यति मात्र होइन, वर्षातमा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्रे भएपछि सहज भएको स्थानीय डिला केसीले बताइन्।

यी दुवै सडकका लागि ८६ लाख बजेट विनियोजन भएको थियो । चालू आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

छुटाउनुभयो की ?