
विपत्जन्य घटनाको पूर्वअभ्यास गर्ने क्रममा सप्तकोशी नदीमा डुबेर दुईजना सशस्त्र प्रहरी बेपत्ता भएका छन्।
बिहीबार दिउँसो कोशी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्वअभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन्।
अभ्यास गर्ने क्रममा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार मनसुनको समयमा हुन सक्ने विपत्जन्य घटनाको पूर्वअभ्यास कार्यक्रम राखिएको थियो। सोही कार्यक्रमको तयारीका लागि अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएका हुन्।