
प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ। प्रतिपक्षी दलको विरोधपछि सभामुखले कार्यसूचीका सबै विषयहरू हटाएर बैठक स्थगित गरेका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक विवादमा तानिएपछि विपक्षी दलका सांसदहरूले सदन अवरोध गर्दै आएका छन्।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेलाई सारिएको थियो। झन्डै दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा पनि सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाए।
अब प्रतिनिधिसभाको बैठक भोलि शुक्रबार १ बजेलाई तोकिएको छ।