१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका किमाथांका
२o८२ जेठ २२ बिहीबार १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा बाढीले पाँचवटा काठेपुल बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, किमाथांका
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १२:१२:oo

जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँचवटा काठेपुल बाढीले बगाएको छ । 

बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुईवटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। 

बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङ खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेको छ । 

यसैबिच, केही दिनअघिको बाढीले भोटखोला गाउँपालिका– ३ मा निर्माण भएका दुईवटा साना जलविद्युत् आयोजना बगाएपछि २५० घर विद्युतविहीन भएका छन् । बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । बाढीका कारण खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । 

छुटाउनुभयो की ?