१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २१ बुधबार २o:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद

जेठ अन्तिम सातादेखि पाेखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल

६ टोलीले प्रतिस्पर्धा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार २o:४५:oo

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

नेसनल स्पोर्टस् एकेडेमीको आयोजना, अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा २७ देखि ३१ जेठसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ०८२ आयोजना हुने आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए। प्रतियोगितामा घरेलु टोली गण्डकीसँगै तीन विभागीय टोलीहरू नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबसँगै एभरेस्ट भलिबल क्लब र न्यू डायमन्ड स्पोर्टस् क्लबले प्रतिस्पर्धा गर्नेछन्।

सहआयोजक महासंघका अध्यक्ष शिव कोइरालाका अनुसार प्रतियोगिताको उपाधि विजेता टोलीले ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख नगद पुरस्कार पाउनेछन्। यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० र विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूले जनही २० हजार नगद पुरस्कार पाउनेछन्।

सहभागी प्रत्येक टोलीले आफनो टिममा तीनजना विदेशी खेलाडीलाई आबद्ध गराउन पाउने कोइरालाले जानकारी दिए। महिलापछि आउँदो फागुनभित्र पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गर्नेसँगै बृहत् खेलकुद महोत्सव आयोजना गर्ने गरी तयारी सुरु गरेको जानकारी दिए।
 

छुटाउनुभयो की ?