१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ जेठ २१ बुधबार २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार

बस दुर्घटना एकको मृत्यु, तीनजना घाइते 

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार २o:o८:oo

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६, भुग्देउमा यात्रु बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बुधबार पनौतीबाट भुग्देउ जाँदै गरेको बा३ख ४४३५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो। 

भुग्देउको दर्केखोला नजिकै सडकबाट करिब ५० मिटर तल खस्दा ६० वर्षीय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए। 

उक्त बसमा पाँचजना सवार थिए। उनीहरूमध्ये बसचालकसहित तीनजना घाइते भएका छन्। मृतकको नातिनी एक वर्षीया संगम तिमल्सिना र बुहारी संगीता आचार्य तिमल्सिना र चालक घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट घटनास्थलतर्फ प्रहरी खटाएको जानकारी दिएका छन्। 
 

छुटाउनुभयो की ?