१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ जेठ २१ बुधबार १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार १८:३७:oo

संखुवासभामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक गम्भीर अवस्थामा छिन्।

बुधबार मादी नगरपालिका–९, फाबिङस्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा पाँचखपन नगरपालिका–९ घर भई चैनपुर नगरपालिका–२ नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षीया समीक्षा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पिलुवा खोलामा डुबेकी चैनपुर नगरपालिका–२ की दीक्षा राई गम्भीर छिन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। 

केही दिनअघिदेखिको अविरल वर्षाका कारण संखुवासभामा खोलाको बहाव बढेपछि जोखिम पनि बढेको छ।

छुटाउनुभयो की ?