
अविरल वर्षापछि संखुवासभाको भोटखोलामा आएको बाढीले हाइड्रोपावरको बाँध भत्काएको छ।
केही दिनअघिदेखिको वर्षापछिको बाढीले बुधबार बिहान भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको ८ किलोवाट क्षमताको माइक्रो हाइड्रोपावरको बाँध भत्काएको हो।
निरन्तरको वर्षाले खोलामा बाढी आएपछि हाइड्रोपावरको बाँध भत्काएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले बताए। उनका अनुसार बाढीले बाँध भत्काउँदा करिब ३३ लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ।
उक्त स्थान पुग्न सदरमुकाम खाँदबारीबाट दुई दिन लाग्ने भएकाले थप विवरण संकलन गर्ने काम भइरहेको उनको भनाइ छ।