
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका छन्।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीविरुद्ध कुनै ठोष प्रमाण नभएको भन्दै प्रवक्ता गुरुङले यस्तो बताएका हुन्।
प्रतिपक्षी दलहरूले पूर्वाग्रहका आधारमा गृहमन्त्रीको राजीनामा मागेको आरोप लगाउँदै उनले बजेट पास गर्न पनि संसद् खोल्नुपर्ने धारणा राखे।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा संसद् अवरुद्ध गर्दै आएका छन्। सो प्रकरण छानबिनका लागि न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न उनीहरूको माग छ।