१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format १४:३२:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कपिलवस्तु नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

कपिलवस्तु नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख तथा खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। उत्साह र उमंगका साथ काम गरेकाले पूर्ण खोप बनाउन सकिएको र यसले निरन्तरता पाउनु ठुलो विषय भएकाले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको आचार्यले बताए।

समन्वय प्रमुख आचार्यले कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेललाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा नगर प्रमुख पौडेलले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने धारणा राखे।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख उमेशकुमार गुप्ताले बताए।

नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिनामा नियमित खोपको घरभेट सर्वेक्षण गर्ने, उमेरअनुसार खोप पाए–नपाएको यकिन गरी खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ। प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि कपिलवस्तु नगरपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेर पूर्ण खोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण गरिएको थियो। सर्वेक्षणका क्रममा १५ महिनासम्मको उमेर समूहका एक हजार ८९४ जनामा मात्र २० जना ड्रपआउट देखिएको जनाइएको छ। यस्तै, १६ देखि २३ महिना उमेर समूहका एक हजार ५०७ जनामा ११५ जना ड्रपआउट बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए। ड्रपआउट रहेका बच्चालाई समेत खोजेर खोप लगाइएको थियो।

यस्तै, पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणाका लागि महत्त्वपूर्ण समन्वय गर्ने स्वास्थ्यकर्मीहरूलाई नगरपालिकाले सम्मानसमेत गरेको छ।
 

छुटाउनुभयो की ?