१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२७:oo
Read Time : > 1 मिनेट
अर्थ

नेपाल पर्यटन विकासमा विनम्र र बुलन्द आवाजका साथ अघि बढ्छ : मन्त्री पाण्डे 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२७:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्यटन विकासमा विनम्र र बुलन्द आवाजकासाथ अगाडि बढ्ने बताएका छन्।

नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम) को मंगलबार उद्घाटन गर्दै मन्त्री पाण्डेले भने, ‘पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक सन्देश फैलाउन खोज्ने क्रम हावी भएको देखिन्छ। नेपालको कसैसँग दुश्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले नेपाल अब पछाडि फर्कने अवस्थामा नरहेकाले नेपाल विनम्र र बुलन्द आवाजकासाथ अगाडि बढ्छ ।’ उनले आर्थिक तथा सामाजिक विकासमा महत्वपुर्ण भूमिका खेल्ने नेपालमा कला, संस्कृति राष्ट्रिय गौरव भएको उल्लेख गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने बताए । 

मन्त्री पाण्डेले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि सबै लाग्नुपर्ने पनि बताए। साथै उनले सार्वजनिक र निजी क्षेत्रबिच बलियो सहकार्य बढाउनुपर्ने समेत बताए ।  

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रकृतिमा आधारित पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताए । उनले भने, ‘नेपालका हिमाल मात्र होइन, यहाँका साँस्कृतिक र जैविक विविधता पनि पर्यटकीय आधारहरू हुन् ।’

पाटा नेपालका अध्यक्ष खेम लकाइले अतिथीहरूलाई स्वागत गरे । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले आयोजना गरेको मार्टमा ३० भन्दा बढी मुलुकका सय बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी सात सय  प्रतिनिधिको सहभागिता छ । नेपाल एयरलाइन्सलगायत प्रमुख पर्यटन संघ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा सो मार्ट आयोजना गरिएको हो ।

मार्टअन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् । 

छुटाउनुभयो की ?