१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format २१:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद

महिला फुटबलको उपाधि चौबिसे गाउँपालिकालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१o:oo

पाँचौँ संस्करणको सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगिताको उपाधि चौबिसे गाउँपालिका धनकुटाले जितेको छ।

धनकुटा नगरपालिका–५, तल्लो टुँडिखेलमा आज सम्पन्न फाइनल खेलमा पाख्रीबास नगरपालिकालाई २–० गोलले पराजित गर्दै चौबिसे गाउँपालिकाले उपाधि जितेको हो।

उपाधि जितेसँगै चौबिसे गाउँपालिकाले नगद ६० हजार, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाख्रीबास नगरपालिकाले नगद ३० हजारमा चित्त बुझाएको छ। चौबिसेको जितका लागि भूमिका मगर र सुशीला मगरले एक-एक गोल गरे।

उक्त महिला फुटबल प्रतियोगितामा विद्यागततर्फ बेस्ट फरवार्ड चौबिसेकी भूमिका मगर, बेस्ट मिडफिल्डर पाख्रीबासकी किम गुरुङ, बेस्ट डिफेन्डर चौबिसेकी समीक्षा घिमिरे, बेस्ट कोच चौबिसेका रुपनलाल चेम्जोङ र बेस्ट किपर पाख्रीबासकी भावना मगर घोषित भए। उनीहरूले नगद २-२ हजार हात पारे।

प्रतियोगिताका विजेतालाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बू, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वरअकेला श्रेष्ठ, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईलगायतले पुरस्कार वितरण गरेका थिए। 

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा १७ जेठदेखि सुरु भएको महिला फुटबल खेल प्रतियोगितामा धनकुटाका पाँचवटा पालिका सहभागी रहेको आयोजकले जनाएको छ। सहिद रामकृष्ण श्रेष्ठको स्मृतिमा हरेक वर्ष महिला फुटबल प्रतियोगिता धनकुटामा सञ्चालन हुँदै आएको छ।
 

छुटाउनुभयो की ?