
नवलपुरको गैँडाकोटमा सार्वजनिक सवारीसाधन रोक्न खोज्ने दुईजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिकाको पुलको मुखमा पूर्व-पश्चिम राजमार्गमा सार्वजनिक सवारीसाधन रोक्न खोज्ने दुईजनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका– २ निवासी ३६ वर्षीय शंकर ढकाल र गोरखाको सिरानचोक गाउँपालिका– १ निवासी ३१ वर्षीय मोदनाथ नेपाली रहेका छन्।