
सिंहदरबारमा तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । संसद्को गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।
छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गरिरहेको विषयमा छलफल गर्न बैठक बसेकाे हो ।