
कैलालीको गौरीगंगा नगरपालिका- १०, जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।
आइतबार राति अनिल चौधरीको दुईतले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय माला खेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
आगलागीको सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट चौधरीको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।