१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १८ आइतबार १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १६:४१:oo

काठमाडौंको चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका– ४, पानीघाटस्थित सडकमा बा.प्र.०२–०२१ प ८०६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार नुवाकोट ककनी गाउँपालिका– १, गुदेश्वरी बस्ने ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको एपिएफ अस्पताल उपचार भइरहेकाेमा उनकाे मृत्यु भएकाे हाे ।  दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।