१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
रासस वासिङ्टन
२o८२ जेठ १८ आइतबार १५:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानलाई ‘स्वीकार्य’ आणविक सम्झौताको प्रस्ताव पठाएका छौँ : ह्वाइट हाउस

Read Time : < 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १५:५५:oo

संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक सम्झौताको एक प्रस्ताव पठाएको छ। उक्त प्रस्तावलाई ह्वाइट हाउसले ‘स्वीकार्य’ र स्वीकार गर्नु इरानको ‘सर्वोत्तम हित’मा रहेको बताएको अमेरिकी मिडियाले जनाएका छन्।

यो प्रस्ताव संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले इरानले उच्च संवर्द्धित युरेनियमको उत्पादन बढाएको भनेको केही समयपछि आएको हो। इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार तेहरानको भ्रमणका क्रममा ओमानी समकक्षीले आफूलाई अमेरिकी प्रस्तावका विषयहरू प्रस्तुत गरेको बताए।

‘विशेष दूत विटकफले इरानी शासनलाई विस्तृत र स्वीकार्य प्रस्ताव पठाउनुभएको छ र यसलाई स्वीकार गर्नु उनीहरूको सर्वोत्तम हितमा छ,’ ह्वाइट हाउसका प्रेससचिव क्यारोलिन लेभिटले न्युयोर्क टाइम्सलाई बताए।

कूटनीतिक आदानप्रदानसँग परिचित अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले यो प्रस्तावलाई पूर्ण मस्यौदाको सट्टा बुलेट विन्दुहरूको शृंखलाका रूपमा वर्णन गरिएको जनाए छ।

यसले इरानलाई युरेनियमको सबै संवर्धर्द्धन रोक्न आह्वान गर्दछ र आणविक ऊर्जा उत्पादन गर्न क्षेत्रीय समूह बनाउने प्रस्ताव गर्दछ। जसमा इरान, साउदी अरेबिया र अन्य अरब राज्यहरू साथै संयुक्त राज्य अमेरिका समावेश हुनेछन्।

सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यागेको प्रमुख शक्तिहरूसँगको सम्झौता प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा इरानले अमेरिकासँग पाँच चरणको वार्ता गरेको छ।

अराघचीले शनिबार इरानले आणविक हतियारहरूलाई ‘अस्वीकार्य’ ठानेको बताएका थिए। ट्रम्पले इरानसँग ‘आणविक हतियार हुन सक्दैन’ भन्दै चाँडै सम्झौता गर्ने आशा व्यक्त गरेको एक दिनपछि उनको यस्तो टिप्पणी आएको हो।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)को पछिल्लो रिपोर्टअनुसार इरानले आफ्नो युरेनियमको भण्डार तीव्र रूपमा बढाएर ६० प्रतिशतसम्म पुर्‍याएको छ। यो आणविक हतियारका लागि आवश्यक लगभग ९० प्रतिशतको नजिक छ।