
नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन तोलामा एक लाख ८८ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला एक हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार पाँच रुपैयाँले बढेर एक हजार ९८५ पुगेको छ।