१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 04 June, 2025
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोटीमा जिप दुर्घटना : एकजनाको मृत्यु, आठ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

केआइसिंह गाउँपालिका– ५, केदारगाउँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज१४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका– ६, गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जिप चालकसहित घाइते भएका आठजनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुईजनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए ।


 

छुटाउनुभयो की ?