१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १७ शनिबार o९:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

निक बने नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार o९:१६:oo

नेपाल क्रिकेट संघ (क्यान)ले दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर निक पोथासलाई नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ । क्यानले आइसिसी विश्वकप लिग–२ को स्कटल्यान्डमा हुने सिरिजका लागि निकलाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको जनाएको छ । 

५१ वर्षीय निक दक्षिण अफ्रिकाका पूर्वखेलाडी हुन् । विकेट किपर ब्याट्सम्यान निकले पाकिस्तानविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । सन् २००० मा डेब्यु गरेका निकले केवल तीन एकदिवसीय खेलमा मात्र दक्षिण अफ्रिकबाट प्रतिनिधित्व गरे । खेलाडीका रूपमा उनलको करिअर निकै छोटो रह्यो । 

दक्षिण अफ्रिकाबाट उनले युरोपियन राष्ट्र ग्रिसबाट टी–२० आई खेले । उनीसँग इंग्ल्यान्डको काउन्टी क्रिकेटको अनुभव छ । उनले सन् २०१२ देखि प्रशिक्षकको करिअर सुरुवात गरेका हुन् । जुलाई २०१६ मा उनी श्रीलंकाका फिल्डिङ प्रशिक्षक बने । २७ जुन २०१७ मा मुख्य प्रशिक्षक ग्राह्म फोर्डको राजीनामापछि श्रीलंका क्रिकेट संघले निकलाई दुई सिरिजका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । 

उनको मुख्य प्रशिक्षणमा श्रीलंकाले जिम्बाबे र भारतमा सिरिज खेलेको थियो । वेस्ट इन्डिजले उनलाई बंगलादेशको भ्रमणका लागि सन् २०१८ मा अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । अप्रिल २०२३ मा  उनी बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक बने । 

स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्दै नेपाल 
क्यानले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध खेल्न नेपाली टोलीलाई अन्तिम प्रशिक्षणमा राखेको छ । स्कटल्यान्डमा खेलाडीहरू त्यहाँको पिच र मैदानबाट परिचित र अभ्यस्त बनाउन इंग्ल्यान्डमा अभ्यासको प्रबन्ध क्यानले गरेको थियो । इंग्ल्यान्डको स्थानीय क्लबसँग अपराजित रहेको नेपाल बिहीबार भने स्कटल्यान्डको ‘ए’ टोलीसँग पराजित भयो । 

नेपालले सोमबार दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले आइसिसी लिग–२ अन्तर्गतको सिरिज खेल्नेछ । लिग–२ को अंकतालिकामा नेपाल सातौँ स्थानमा छ । यसै सिरिजबाट नेपालका मुख्य प्रशिक्षक स्टुवाट लको औपचारिक सिरिज हुनेछ । विश्वकप लिग–२ पछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्नेछ ।