Skip This
चीनसँग नयाँ व्यापार तनाव हुन सक्ने ट्रम्पद्वारा संकेत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका वासिङ्टन
२o८२ जेठ १६ शुक्रबार २o:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनसँग नयाँ व्यापार तनाव हुन सक्ने ट्रम्पद्वारा संकेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार २o:५१:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लंघन’ गरेको भन्दै चीनसँग नयाँ व्यापार तनावको संकेत गरेका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता ‘केही हदसम्म अवरुद्ध’ भएको बताएको केही घण्टापछि ट्रम्पले ट्रुथ सोसल प्लाटफर्म नामक आफ्नै लगानीको सामाजिक सञ्जालमा नयाँ व्यापार तनावको संकेत गरेका हुन् ।

जेनेभामा उच्च अधिकारीबिच भएको वार्तापछि विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकले एक–अर्कामाथि लगाएको उच्च करलाई अस्थायी रूपमा घटाउन यसै महिना सहमति जनाएका थिए ।

शुक्रबार ट्रम्पले लेखेका छन्, ‘चीनले अमेरिकासँगको सम्झौताको पूर्ण रूपमा उल्लंघन गरेको छ।’

पोस्टबारे सोधिएको प्रश्नमा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरले सिएनबिसीसँग भने, ‘बेइजिङले महत्त्वपूर्ण खनिजहरूजस्ता वस्तुको आपूर्ति रोक्ने वा सुस्त बनाउने प्रक्रिया जारी राखेको छ ।’ 

उनले चीनसँग संयुक्त राज्य अमेरिकाको व्यापारघाटा ‘अझै पनि व्यापक रहेको’ र वासिङ्टनले बेइजिङको व्यवहारमा ठुलो परिवर्तन नदेखेको बताए ।

बिहीबार बेसेन्टले ट्रम्प र उनका चिनियाँ समकक्षी सी चिनफिङले यस परिस्थितिबारे कुराकानी गर्न सक्ने बताए ।