१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १५:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु. एक लाख ९२ हजार ३१ रहेकामा चालू आर्थिक वर्ष रु. दुई लाख तीन हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, ‘चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने अनुमान छ । पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर नौ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४४३ अमेरिकी डलर रहेकामा चालू आर्थिक वर्षमा एक हजार ४९६ अमेरिकी डलर पुग्ने अनुमान छ । 

त्यसैगरी, प्रतिव्यक्ति राष्ट्रिय आय र खर्चयोग्य आय दुवै क्रमशः बढ्दै गएको र चालू आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत वर्षको तुलनामा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान सरकारले गरेको छ । 

आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘गत आर्थिक वर्ष यस्तो आय ४.१ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्ष यस्तो आय एक हजार ४६७ अमेरिकी डलर रहेको थियो । त्यसैगरी, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल खर्चयोग्य आय एक हजार ८६४ अमेरिकी डलर रहेकोमा चालू आर्थिक वर्ष यस्तो आय अमेरिकी डलर एक हजार ९४० पुग्ने अनुमान छ ।’