
संघीय सरकारले आगामी आर्थिक वर्ष तल्ला तहमा पाँच खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने भएको छ ।
सरकारले प्रदेश र स्थानीय तहलाई अनुदान र राजस्व बाँडफाँटसमेत गरी झन्डै ६ खर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको हो । जसमध्ये राजस्व बाँटफाँटबाट एक खर्बर ६५ अर्ब हस्तान्तरण हुने अनुमान छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै वित्तीय हस्तान्तरणको घोषणा गरेका हुन् । सरकारले वित्त आयोगको सिफारिसमा प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि ८८ अर्ब ९७ करोड समानीकरण अनुदान हस्तान्तरण गर्ने भएको छ ।
ससर्तअनुदान प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि दुई खर्ब ११ अर्ब विनयोजन गरिएको छ ।