
सरकारले विदेशमा रहेका विशेषज्ञ र सीपयुक्त नेपालीलाई स्वदेश फर्काउन आकर्षित योजना ल्याउने बताएको छ। उनीहरूलाई स्वदेशमै फर्काएर उद्यमशीलता र स्वरोजार बन्न आकर्षित गरिने सरकारको भनाइ छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यस्तै, नवप्रवर्द्धन र उद्यमशीलता विकास गर्न युवालक्षित रोजगार सिर्जना गरिने उनको भनाइ छ।