१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १५:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मूल्य अभिवृद्धि वृद्धिदर १.९९ प्रतिशत रहने अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १५:२o:oo

गत आर्थिक वर्ष खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर ३.२३ प्रतिशत रहेकामा चालू आवको यस्तो वृद्धिदर १.९९ प्रतिशत रहने अनुमान गरिएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, ‘निर्माण क्षेत्रमा सुधार भएका र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा वृद्धि भएकाले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान छ । गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान ०.४८ प्रतिशत रहेकामा चालू आवमा यस्तो योगदान ०.४६ प्रतिशत रहने अनुमान छ ।’

विगत दुई आर्थिक वर्षमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि ऋणात्मक रहेकामा चालू आवमा धनात्मक रहने र वनस्पति तेल, प्लाइउड, प्लास्टिकका पाइप ‘फिटिङ’, पेय पदार्थ, साबुनलगायत वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धि, भटमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइलालगायत कच्चा पदार्थको आयातमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारण उद्योग क्षेत्रको वृद्धिमा सुधार हुने सरकारले जनाएको छ ।

सर्वेक्षणमा भनिएको छ, ‘गत आर्थिक वर्ष उत्पादनमूलक उद्योगको उत्पादन २.०२ प्रतिशतले ऋणात्मक रहेकामा चालू आवमा ३.७८ प्रतिशतले वृद्धि हुने आउँछ । पछिल्लो दशक उत्पादनमूलक उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर औसत २.९४ प्रतिशत रहेको छ ।’ 

यसैगरी, गत आवमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ४.९३ प्रतिशत रहेकामा चालू आवमा ४.९८ प्रतिशत रहने अनुमान छ । आर्थिक गतिविधि विस्तार भएसँगै उत्पादनमूलक उद्योगको उत्पादन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेकाले यस क्षेत्रको योगदान बढेको सरकारको भनाइ छ ।