Skip This
गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छः नारायणकाजी श्रेष्ठ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
Invalid date format २२:१५:oo
Read Time : < 1 मिनेट
समाचार

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छः नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:१५:oo

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधबार हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै उनले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको गम्भीर ढंगले छानबिन हुनुपर्ने र त्यस प्रकरणमा नाम जोडिएका गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान प्रक्रिया अघि बढाइरहेको भन्दै उनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सहज बनाउनुपर्ने बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ,’ उनले भने, ‘गृहमन्त्री लेखकजीले नैतिकताको आधारमा तत्काल राजिनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ ।’ 

पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले अध्यागमन विभागमा विगतदेखि हुँदै आएको अनियमितता र सेटिङबारे आफैं गृहमन्त्री हुँदा छानबिन गरेर दलालको सेटिङ भत्काएको दावी गरे । आफुले अनुसन्धनको घेरामा ल्याएका त्यस्ता दलालहरुलाई भने अहिलेको सरकारले संरक्षण गरिरहेको उनले आरोप लगाए । 

‘जनताले सुशासनको प्रत्याभूति खोजिरहेका बेला सरकार भने प्रतिगमनकारी प्रवृत्तिलाई संरक्षण गर्न लागिरहेको छ,’ उनले भने, ‘दुई ठूला दल मिलेर बनेको सरकारले समेत जनतालाई सुशासनको अनुभूति दिन नसक्दा जनतामा निराशा छाइरहेको छ ।’

१५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेकोले लोकतन्त्रको सबल कार्यान्वयनमा रहेको माओवादी केन्द्रले बजेट ल्याउन दिने उपाध्यक्ष श्रेष्ठले दावी गरे । श्रेष्ठ माओवादीको विस्तारित जिल्ला भेलालाई सम्बोधन गर्न मकवानपुर आएकाबले प्रेस सेन्टर मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।