Skip This
सय शय्याको धुलिखेल ट्रमा तथा इमर्जेन्सी सेन्टरकाे प्रधानमन्त्रीले गरे शिलान्यास
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Friday, 30 May, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ जेठ १४ बुधबार १९:११:oo
Read Time : > 1 मिनेट
समाचार

सय शय्याको धुलिखेल ट्रमा तथा इमर्जेन्सी सेन्टरकाे प्रधानमन्त्रीले गरे शिलान्यास

दुई वर्षमा हस्तान्तरण गरिने योजना

Read Time : > 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार १९:११:oo

प्रधानमन्त्री केपी ओलीले सय शय्याको धुलिखेल ट्रमा तथा आकस्मिक सेन्टर भवनको शिलान्यास गरेका छन् । बुधबार धुलिखेल नगरपालिका–६ मा बन्न लागेको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

धुलिखेल नगरपालिका–६ मा नेपाल सरकार र जापान सरकारको साझेदारीमा सय शय्याको धुलिखेल ट्रमा तथा इमर्जेन्सी सेन्टर निर्माण गर्न लागेका छन् । इन्टरनेसनल कोअपरेसन एजेन्सी नेपाल(जाइका)ले ट्रमा सेन्टर निर्माणका लागि ३ दशमलब ८७९ बिलियन जापानिज येन लगानी सम्झौता भइसकेको छ ।

जापान सरकारले ६० र नेपाल सरकारले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । जाइका तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधिको उपस्थितिमा सेन्टर निर्माणको लागि अप्रिल ०२५ मा टोडा कर्पाेरेसन टोक्यो जापानिज निर्माण कम्पनी छनोट भएको छ । अस्पताललाई चाहिने अत्याधुनिक उपकरणहरू सिटिस्क्यान, एमआरआई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेसिनसहित सन् ०२७ मा हस्तान्तरण गरिने योजना छ ।

भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको स्थायित्व र गुणस्तर वृद्धिको लागि ट्रमा सेन्टर आवश्यक रहेको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले समुदायले सञ्चालन गरेको अस्पताललाई अनुदान प्रदान गर्ने गरी बजेट ल्याउन लागेको बताए । स्वास्थ्य क्षेत्रमा सामुदयिक क्षेत्रलाई सँगसँगै लाने र स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने उनको भनाइ छ । स्वास्थ्य क्षेत्रको स्रोत जुटाउनको लागि सामुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए । 

राज्यले आवश्यकताअनुसार आफ्नो लगानी गर्ने सक्ने अवस्था नरहेकोले स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित गर्ने पनि उनको जोड थियो।  

राजधानीको पूर्वी भागमा अवस्थित अरनिको र बिपी राजमार्गले ओगटेको भूभागका लागि स्वास्थ्य सेवा प्रदानको लागि अस्पतालले ट्रमा तथा इमर्जेन्सी सेन्टर निर्माण गर्न लागेको धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठको भनाइ छ ।

सेन्टर निर्माणपश्चात् काभ्रे, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, भक्तपुरसहित बिपी राजमार्गले जोड्ने तराईका जिल्लाहरूका सेवाग्राहीलाई सहज हुने अस्पतालले अपेक्षा लिएको छ ।