Skip This
अफताब आलमलाई आजै नक्खु कारागारबाट छाड्ने तयारी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अफताब आलमलाई आजै नक्खु कारागारबाट छाड्ने तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o५:oo

रौतहटको बम विस्फोट घटनामा सफाइ पाएका कांग्रेसका पूर्वमन्त्री अफताब आलम आजै जेलमुक्त हुने भएका छन्। उनले बुधबार उच्च अदालत, वीरगन्जबाट सफाइ पाएका हुन्। 

नक्खु कारागारमा रहेका आलमलाई आजै छाड्ने तयारी भइरहेको छ। ‘उच्च अदालत वीरगन्जबाट सफाइको पत्र आइसकेको छ,’ नक्खु कारागारका जेलर भीमराज कोइरालाले भने, ‘सोही पत्रका आधारमा आजै जेलमुक्त हुन्छन्।’ उच्चका न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासले उनीसहित सो मुद्दाका सबैलाई सफाइ दिएको हो। 
जिल्ला अदालत रौटहटले आलमसहित चारजनालाई एक वर्षअघि आलमसहित चारविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो। १३ वैशाख २०८१ मा आलमसँगै महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध पनि जन्मकैदको फैसला गरेको छ । महताब आफताबका सहोदर भाइ हुन् भने सेराज र बद्री सहयोगी हुन्। उनीहरू सबैले सफाइ पाएका छन्। 

२७ चैत २०६४ मा चुनावको पूर्वसन्ध्यामा आलमको रौतहटस्थित घरमा विस्फोट भएको थियो। चुनावमा अरूलाई तर्साउन बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकालाई उनले इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धनमा खुलेको थियो। घटना लुकाउनका लागि उनले यस्तो वीभत्स अपराध गरेको प्रहरीको अभियोग थियो।