
इन्डियन प्रियिमर लिग (आइपिएल) २०२५ मा लिग चरणका खेलहरू सकिएका छन्। मंगलबारको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी भएको छ। उसले लखनउलाई ६ विकेटले पराजित गयो । यो जितसँगै बेंग्लोरले अंकतालिकाको शीर्ष २ भित्र परेको छ । जसअनुसार उसले अब प्ले अफमा पञ्जाबसँग पहिलो क्वालिफायर खेल्ने भएको छ।
खेलमा सानदार ब्याटिङसँगै बेंग्लोरले २२८ रनको लक्ष्य १९ औं ओभरमै पूरा गयो । १८.४ ओभरमै बेंग्लाेरले लक्ष्य भेटाएको हो। बेंग्लोरको इतिहासमै यो उसले सफतालासग पछ्याएको सबैभन्दा ठूलो लक्ष्य हो ।
कप्तान रिसब पन्तको शतकको मद्दतले लखनउले २२७ रन बनाए पनि त्यो पर्याप्त भएन । बेंग्लोरका लागि विराट कोहली र जितेश शर्माले अर्धशतक प्रहार गरेका थिए। कोहली ३० बलमा ५४ रन बनाएर आउट भएकोमा शर्माले ३३ बलमा ९५ रनको अविजित पारी खेलेका थिए।
यससँगै अब प्ले अफको समीकरण पनि पूरा भएको छ । अब मुम्बई र गुजरातबिच एलिमेनेटर खेल हुने छ ।
पहिलो क्वालिफायर बिहीबार तथा एलिमिनेटरको खेल शुक्रबार हुनेछ ।
चेन्नइ पुछार
यो वर्षको आइपिएलमा चेन्नई र राजस्थानको प्रदर्शन सबैभन्दा कमजोर रह्यो । दुवै टिम १४ खेलमा ४–४ वटा मात्र जित निकाल्न सफल भए । चेन्नई १० औँ तथा राजस्थापन नवौँ स्थानमा पुगे ।
त्यस्तै, दिल्ली पाँचौँ, हैदवाद छैटौँ, गुजरात सातौँ र कोलकाता आठौँ स्थानमा रहेका छन्।
अंक–तालिका: