१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
Invalid date format o९:२५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुलमानले सम्झौता गरेकै दररेटमा भारतबाट बिजुली खरिद

३० माघमा कार्यकारी निर्देशकको हैसियतले कुलमान घिसिङले भारतसँग ८.१ भारु प्रतियुनिटमा बिजुली खरिदका लागि गरेको सम्झौताअनुसार बिजुली आयात, तर उक्त सम्झौता महँगो भएको प्रश्न सोधेर हटाइएका थिए कुलमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२५:oo

कुलमान घिसिङले गत ३० माघमा नेपाल–भारत संयुक्त पावर एक्सचेन्ज कमिटी (पिइसी)मा गरेको सम्झौताको दररेटअनुसार भारतलाई बिजुली खरिदबापतको भुक्तानी गरिएको छ ।तर, उक्त सम्झौता महँगो भएको प्रश्न गर्दै कुलमानलाई सरकारले पदबाट हटाएको थियो ।

प्राधिकरण स्रोतका अनुसार ३० माघमा भएको पिइसी सम्झौताअनुसार प्रतियुनिट ८.१ भारुका दरले प्राप्त बिलअनुसार भारतको उत्तर प्रदेशलाई हालसालै आठ करोड रुपैयाँ भुक्तानी गरिएको छ । बिहारबाट पनि ८.१ भारुका दरले बिजुली खरिद गरेको बिल आएकाले चाँडै १८ करोड रुपैयाँ भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढाइसकेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।  

स्रोतका अनुसार प्राधिकरणले अप्रिलमा खरिद गरेको बिजुलीको आठ करोड भुक्तानी गरिएको हो भने थप १८ करोड पनि सोही महिनाको खरिदबापतको भुक्तानी हुन लागेको हो । तर, पिइसी बैठकमा भएको सम्झौता प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृति र विद्युत् नियमन आयोगबाट अनुमोदन भने भइसकेको छैन । दुवै निकायको निर्णयविना भएको भुक्तानी ‘अनुसन्धान’को विषय बनेको छ । किनभने पिइसी बेठकले गरेको सम्झौतालाई बोर्ड बेठकले स्वीकृति गरेर आयोगले अनुमोदन गरेपछि मात्रै लागू हुने व्यवस्था छ ।

कुलमानले पदमा रहुन्जेल बोर्ड बैठक डाकेर सम्झौता कार्यान्वयन गर्ने प्रयास गरे पनि ऊर्जामन्त्री दीपक खड्काले महँगो दर सम्झौता गरेको लाञ्छना लगाएर बैठक नै राखेका थिएनन् । पहिलेकै सहमतिअनुसार विद्युत् खरिदको बिल प्राप्त गरी भुक्तानीसमेत भएपछि प्राधिकरणका कर्मचारी अचम्मित छन् । ‘कुलमान घिसिङलाई मूल्य बढाएर समझदारी गरेको भनेर हटाइयो । उनलाई हटाएपछि सोहीअनुसार विद्युत् आयात पनि गरियो । अहिले बोर्ड र आयोगबाट अनुमोदन नै नगराई भुक्तानी गरिएको छ,’ एक कर्मचारीले भने ।

महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर भुक्तानी अघि बढाइएको हो
राजन ढकाल, प्रवक्ता, विद्युत् प्राधिकरण

पिइसी बैठकको निर्णय कार्यान्वयन गर्ने कि नगर्ने भनेर ऊर्जा मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । त्यसमा महान्यायाधिवक्ताको कार्यालयले जो व्यक्तिले हस्ताक्षर गरेपनि दिपक्षीय रुपमा सन्धी–सम्झौता भइसकेपछि कार्यान्वयन गर्नुपर्ने भनेर राय दिएको रहेछ । त्यो राय सहित ऊर्जा मन्त्रालयले पिईसी बैठकमा भएको समझदारी कार्यान्वयन गर्नु भनेर लिखित पत्र पठाएको थियो । त्यसपछि  बोर्डलाई जानकारी गराएर भुक्तानी अघि बढाइएको हो । 

पिइसी सम्झौता स्वीकृति गर्ने कि नगर्ने ? दोधारमा ऊर्जामन्त्री र हितेन्द्रदेव
‘आर्थिक दायित्व बढ्ने गरी भारतसँग वार्ताका माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गरेको’ अभियोग कुलमानलाई लगाएका ऊर्जामन्त्री दीपक खड्का सोही सम्झौता बोर्ड बैठकबाट पारित गर्ने कि नगर्ने भन्ने बिलखबन्दमा छन् । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हितेन्द्रदेव शाक्यलाई ऊर्जामन्त्री खड्काले मौखिक रूपमा पिइसी बैठकको सम्झौताअनुसार नै बिजुली आयात र भुक्तानी गर्न निर्देशन दिए पनि बोर्डबाट स्वीकृति गराएका छैनन् ।

३० माघको पिइसी बैठकमा नेपालले भारतको बिहार र उत्तर प्रदेशबाट एक सय ३२ केभी प्रसारणलाइन हुँदै आयात गर्ने विद्युत्को खरिद दर प्रतियुनिट ७.९८ भारुबाट १.५ प्रतिशतले बढाएर ८.१ भारु पुर्‍याउने समझदारी भएको थियो । मन्त्री खड्का र कार्यकारी निर्देशक शाक्यले बोर्ड बैठकको सट्टा मन्त्रिपरिषद् बैठकबाट भारतसँगको समझदारी स्वीकृति गराउने रणनीतिसमेत बनाएका छन् ।

दुवैका योजनामा २१ वैशाखको बोर्ड बैठकबाट पिइसी समझदारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय भएको थियो । तर, अहिलेसम्म मन्त्रिपरिषद्ले पनि यो विषयमा निर्णय गरेको छैन । बोर्ड बैठकमै एजेन्डा राखेर स्वीकृति गराउन पनि दुवैले आँट गरेका छैनन् ।