१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 26 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएल २०२५: पहिलो र अन्तिम खेलमा हैदरावादको बेजोड प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:४४:oo

आइपिएल २०२५ को आफ्नो अन्तिम खेलमा सनराइजस् हैदरावादले सानदार प्रदर्शन गरेको छ। आइतबारको खेलमा कोलकात्ता नाइट राइडर्सलाई उसले ११० रनले पराजित गर्‍यो । 

पहिले ब्याटीङ गरेको सनराइर्जस्ले २७८ रनको बिशाल योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा कोलकात्ता १६८ रनमै अलआउट हुन पुग्यो ।

हेनरिक क्लासनको शतक तथा ट्राभिस हेडको अर्धशतकको मद्दतमा सनराइर्जस्ले बिशाल योगफल तयार गरेको हो। यो आइपिएलकै इतिहासमा तेस्रो ठूलो योगफल हो। 

उच्च योगफलका शीर्ष दुई रेकर्ड पनि हैदरावादकै नाममा छ । उसले गत वर्ष आसिबीविरुद्ध २८७ रन प्रहार गरेको थियो।


यो वर्षको आइपिएलको पहिलो खेलमा हैदराबादले राजस्थानविरुद्ध २८६ रनको योगफल तयार गरी सानदार सुरुवात गरेको थियो। तर, त्यसपछिका खेलमा लगातार पराजित भएपछि उसले प्लेअफमा आफ्नो स्थान बनाउन सकेन । यद्यपी अन्तिम तीन खेलमा भने टिम विजयी भएको थियो।  पहिले र अन्तिम खेलमा भने सनराइजर्सले बेजोड प्रदर्शन गरेको छ। 


यो वर्ष गुजरात, बैंगलोर, पञ्जाब र मुम्बई प्लेअफमा पुगेका छन्। 


आइपिएलमा लिग चरणका अब दुई खेल मात्र बाँकी छ । सोमबार मुम्बई र पञ्जाबबिच तथा मंगलबार लखनउ र बैंगलोरबिच प्रतिस्पर्धा छ । शुक्रबारदेखि प्लेअफ चरणका खेल सुरु हुनेछन्।