
नेप्से परिसूचक आज ८.८७ अंकले घटेको छ । आज नेप्से २६७९.९८ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका एक करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मञ्जुश्री फर्मास्युटिकल लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने रिभर फल्स पावर लिमिटेडको सेयर ७.५६ प्रतिशतले बढेको छ । त्यसैगरी लक्ष्मी लघुवित्तको सेयर मूल्य ६.२८ प्रतिशतले बढेको छ । त्यस्तै, आज सिन्धु विकास बैंकको सेयर मूल्यमा सबैभन्दा बढी ८.२८ प्रतिशतले घटेको छ भने बाराही हाइड्रोको सेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कारोबार राधी विद्युत् कम्पनीको सेयर ७१ करोड ४९ लाख २८ हजार ४० रुपैयाँको कारोबार भएको छ ।