१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १५:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेठ अन्त्यसम्ममा फ्लाइओभर सम्पन्न हुन्छ : मन्त्री दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १५:३६:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर यही जेठ अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् । आज बिहान फ्लाइओभर निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । 

जेठभरिमा निर्माण सम्पन्न भएलगत्तै फ्लाइओभरबाट सवारीसाधन सञ्चालनको तयारी गरिने उनले बताए। ‘अब पनि ढिलाइ गर्ने छुट छैन,’ मन्त्री दाहालले भने, ‘परिस्थितिबाहिरको प्राकृतिक विपत् नआएमा जेठको अन्त्यसम्ममा सवारीसाधन सञ्चालनको तयारी गर्नुपर्छ । यो एउटा प्रतीक्षाको आयोजना भएकाले यथाशीघ्र सञ्चालन गर्नुपर्नेछ ।’

फ्लाइओभरअन्तर्गत ३५ मिटर स्पानको चारलेन प्रिकास्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्र निर्माण भइरहेको छ । फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ ।

अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएका बताउँदै ती समस्या समाधान भइसकेकाे जानकारी दिए । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाइओभर महत्त्वपूर्ण योजनाका रूपमा रहेकाले यसलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने धारणा राखे ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्र भइरहेको छ । ०८० फागुन ११ गते सम्पन्न गर्ने गरी रु. १७ करोड ६ लाख ८८ हजारको लागतमा निर्माण सुरु भएको फ्लाइओभर निर्धारित समयमा सम्पन्न नभएपछि म्याद थप भएको थियो ।