
महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३१औँ वर्षमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखि जेठ १० गतेसम्म महिनाव्यापी रूपमा वार्षिकाेत्सव मनाउने क्रममा महिला उद्यमीहरूलाई देशैभरिका विभिन्न शाखा कार्यालयहरूमार्फत विभिन्न कार्यक्रमहरू गरी सम्मान गरेको छ ।
वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशीलतालाई समेत प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते देशभरका १० वटा शाखा कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रमहरूमार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो ।
साथै बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविरसमेत सञ्चालन गरेको छ । त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रमसमेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरू जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।
वार्षिकाेत्सवको महत्त्वपूर्ण कार्यक्रमको रूपमा रहेको र विगत तीन वर्षदेखि सफलतापूर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिकेटको चौथो शृंखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, शृंखला ४)मा २४ टिमको सहभागितामा बैैंकले जेठ २१, २२, २३ र २४ गते सञ्चालन गर्नेछ ।