१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी हुँ भन्दै रकम असुल्न खोज्ने एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

कैलालीको धनगढीबाट प्रहरीका नाममा रकम असुल्न खोज्ने एकजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका– १ शिवनगर घर भएका २६ वर्षीय नीरज थापालाई ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार थापाले आफू नेपाल प्रहरीको असइ हुँ भन्दै धनगढी बसपार्कमा रहेको धामी होटेलबाट रकम असुल्न खोजेका थिए। अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले होटेलबाट पैसा माग्दै गरेका वेला थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।